भारतीयलाई नागरिकता बेच्ने जनप्रतिनिधि र कर्मचारी भागे, वडा नै ठप्प !


नेपालपाना प्रकाशित: २०७६-१-२६ गते
भारतीयलाई नागरिकता बेच्ने जनप्रतिनिधि र कर्मचारी भागे, वडा नै ठप्प !

झापा ।  भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । 

अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए ।

‘वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ,’ अधिकारीले भने ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । 







मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?
मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्र..

शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले
शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् ।  आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेप..

रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध
रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्..

बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने
बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग फास्ट ट्र्याकको डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ..