सगरमाथामा जुनसुकै बेला हिउँपहिरो खस्नसक्ने, आरोहीलाई सतर्कता अपनाउन आग्रह


नेपालपाना प्रकाशित: २०७६-१-२६ गते
सगरमाथामा जुनसुकै बेला हिउँपहिरो खस्नसक्ने, आरोहीलाई सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । 

स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको छ । यसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका केहि फेरबदल हुनसक्ने देखिएको छ ।

हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधार शिविरको पूर्वीदक्षिणमा रहेको उक्त नुप्से हिमालबाट कुनै पनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना बढेको बताए ।

यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।


बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड
बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड

काठमाडौं । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ ।  देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजत..

सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण
सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट..

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 
अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 

इलाम । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्..

चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्
चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ..