डा. बाबुराम भट्टराई संकटमा ! पार्टी एकतामा १ दर्जन नेताको असन्तुष्टि 


नेपालपाना प्रकाशित: २०७६-१-२६ गते
डा. बाबुराम भट्टराई संकटमा ! पार्टी एकतामा १ दर्जन नेताको असन्तुष्टि 

काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् । पार्टीभित्र छलफल र बहसै नगराई हठात् एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन् ।

कृषिविज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापन बुझाउने निष्कर्ष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए ।

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेन्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन’, नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापन बुझाउने निर्णयमा पुगेका छौं ।’ 
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।







मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?
मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्र..

शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले
शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् ।  आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेप..

रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध
रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्..

बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने
बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग फास्ट ट्र्याकको डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ..