सन्तुलन मिलाउन नेता समेट्दै नेकपा


नेपाल पाना प्रकाशित: २०७६-१-२७ गते
सन्तुलन मिलाउन नेता समेट्दै नेकपा

काठमाडौं । प्रदेश र जिल्लाको सन्तुलन मिलाउन नेपाल कम्युनिस्ट पार्टीले प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ । 

पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो ।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ ।

पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन् । सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन् । 

तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..