भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-१-२८ गते
भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिहीबार लिबियाबाट छुटेको र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भएको जीवित व्यक्तिहरुले बताएका छन् ।

ट्युनिसिया नजिकको समुद्रमा यो डुंगा दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले जनाएको छ । डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकाका रहेको बुझिएको छ । दुर्घटनाको जानकारी पाउनासाथ ट्युनिसिया सरकारले माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाएको थियो ।

युएनएचसीआरको तथ्यांकअनुसार यो बर्षको पहिलो चार महिनामा मात्रै लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै मानवीय क्षति भएको यो पछिल्लो दुर्घटना हो । 


'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !
'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनुअघि काठमाडौंका मिडियादेखि छापासम्म एउटा अचम्मको रुझान देखिएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको ब्यानरमा जुन शीर्षक रा..

‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’
‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’

दाङ । मानिस/मानिस बिच देखिएको भेदभाव जातीय भावना भन्दा वर्गीय असमानता नै प्रमुख कारण हो । वर्गीय असमानताले जटिलता उब्जाउछ । एक आपसमा गर्ने व्यवहारमा फरक हुन्छ&nbsp..

श्रावण महिनाको महत्व
श्रावण महिनाको महत्व

श्रावण महिना धार्मिक र प्राकृतिक रुपमा महत्वपूर्ण महिना मानिन्छ । किसानहरुलाई खेतीपाति गर्न भ्याई नभ्याई हुन्छ । सबैका घरमा लटरम फलफुल  फलेका हुन्छन् । हरियो  तरकारी..

भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !
भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !

-सरोज पण्डित काठमाडाैं । नेपालको दक्षिणी छिमेकी भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सत्ता निरन्तरता कायम भएको छ । लोकसभा चुनावबाट भाजपाकै नेतृत्वमा पुनः ५ बर्षको..