वरिष्ठ नेता पौडेल भन्छन्: काङ्ग्रेस नैतिकवान् पार्टी हो


नेपाल पाना प्रकाशित: २०७६-१-२९ गते
वरिष्ठ नेता पौडेल भन्छन्: काङ्ग्रेस नैतिकवान् पार्टी हो

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको बताएका छन् ।  

उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे । उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै  सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे । 

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एक महिने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गरे । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं  प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पारे । 


विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..

प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 
प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा आधारातमा समातिए 

काठमाडौं । वार्ताका लागि कोशिस गरिरहेको जनाएको सत्तारुढ कम्युनिष्ट सरकारले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  पुष्पकमल दाहालले..