सभापति देउवाको कार्यशैलीको विरोध गर्दै कांग्रेस नेता डा. कोइराला


नेपाल पाना प्रकाशित: २०७६-१-३० गते
सभापति देउवाको कार्यशैलीको विरोध गर्दै कांग्रेस नेता डा. कोइराला

विराटनगर । जिल्ला सभापतिहरूले महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर संकलन अभियान चलाउनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

नेपाल महिला संघ मोरङले आइतबार बिराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले महाधिवेशनका लागि दबाब दिने बेला आएको बताएका हुन् । उनले पार्टीलाई एक बनाउन पनि महाधिवेशन आवश्यक रहेको बताए ।

डा।कोइरालाले वर्तमान सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं । अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ ।’

‘हामी सरकारले संविधान उल्लंघन ग¥यो भन्छौँ’, उनले भने, ‘के नेपाली कांग्रेस पार्टी चाहीँ आफ्नो विधानअनुसार चलेको छ ?’ उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू आफूलाई लोकतान्त्रिक भनेपनि व्यक्तिगत आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुन जरुरी रहेको बताए ।

कांग्रेसका नेता डा. कोइरालाले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेसको नेतृत्वले विधिको शासन नमानेको बताए । ‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन’, उनले भने, ‘महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ ।’

‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु । काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण ?’, उनले भने, ‘त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ ।’


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..