काङ्ग्रेसका नेता गिरी भन्छन्: देश सुहाउँदो बजेट नआए समृद्धि आउँदैन


नेपाल पाना प्रकाशित: २०७६-१-३१ गते
काङ्ग्रेसका नेता गिरी भन्छन्: देश सुहाउँदो बजेट नआए समृद्धि आउँदैन

काठमाडौं । देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले भने, “आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिँदै आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्नुपर्छ, आर्थिक वृद्धिदर बढाउने मात्र होइन, समानता कायम गर्ने बजेट बनाउनुपर्छ ।”

नेकपाका सांसद तुल्सी थापाले सिद्धान्त र प्राथमिकतामा मुलुकका समसामयिक सबै विषय समेटिएका हुँदा त्यसलाई समर्थन जनाउनुपर्नेमा सबैसंग अनुरोध गरे । उनले भने, “कृषिको विकासका लागि जमीनको चक्लाबन्दी र नवीन प्रविधिको प्रयोगमा कृषकलाई सहुलियत दिने विषय समेटिन आवश्यक छ ।” उक्त विधेयकमाथिको छलफल सकिएको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..