संविधान विपरितका विधेयक फिर्ता नलिए संसद अवरुद्ध पार्ने कांग्रेसको तयारी 


नेपालपाना प्रकाशित: २०७६-२-१ गते
संविधान विपरितका विधेयक फिर्ता नलिए संसद अवरुद्ध पार्ने कांग्रेसको तयारी 

काठमाडौं । सरकारले संविधान विपरीत हुनेगरी विभिन्न विधेयक ल्याएपछि असन्तुष्ट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिने भएको छ । 

अहिले सिहंदरबारमा बसिरहेको संसदीय दलको बैठकमा नेताहरुले संविधान मिचेर ल्याईएका विधेयक फिर्ता नगरेसम्म सरकारविरुद्ध कडा प्रतिवाद गर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा मिडिया काउन्सिल विधेयकसँगै मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारीसम्बन्धी विधेयकबारे समेत छलफल हुँदैछ । सरकारले ल्याउन लागेका यी सबै विधेयकहरु संविधानविपरित रहेको कांग्रेसको आरोप छ । 

सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि ‘कू’ को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताईसकेका छन् । 

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने बताए ।

यसबारे संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधवार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताए । हाल कांग्रेसले जागरण अभियानमार्फत पनि सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आईरहेको छ ।


राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..

अग्नि हेडसरको ‘टर्निङ प्वाइन्ट’  कहाँबाट शुरु  ?
अग्नि हेडसरको ‘टर्निङ प्वाइन्ट’  कहाँबाट शुरु  ?

काठमाडौं । नवनियुक्त सभामुख अग्नि सापकोटालाई जिल्ला र निर्वाचन क्षेत्रका कसैले पनि नामको पछाडि ‘ज्यू’, ‘जी’ जोडेर सम्बोधन गर्दैनन्। ‘अग्नि सर&rsq..

कांग्रेस नेता मिनेन्द्र रिजालले संसदमा कमण्डलुको प्रसंग किन ल्याए ? 
कांग्रेस नेता मिनेन्द्र रिजालले संसदमा कमण्डलुको प्रसंग किन ल्याए ? 

काठमाडौं : आज (आइतबार) प्रतिनिधिसभाको सभामुख पदका लागि चुनाव हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एकाएक सन्यासीले बोक्ने कमण्डल..