2020-04-04 15:18:34

नगरपालिकाको गाडीमा आगजनी, गाडी जलेर खरानी

प्रकाशित

अछाम । मंगलसेन नगरपालिकाको गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । 

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

नगरपालिका परिषरदमै राखिएको प्रमुख चढ्ने गाडी एक वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो । आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । 

मंगलसेन बजारका स्थानीयबासीन्दाले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी ,कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech