ओली र प्रचण्डको भागवण्डाले नेकपामा बबाल, जताततै पोखियो नेताहरुको आक्रोश


नेपालपाना प्रकाशित: २०७६-२-३ गते
ओली र प्रचण्डको भागवण्डाले नेकपामा बबाल, जताततै पोखियो नेताहरुको आक्रोश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा फसेको छ। शुक्रबार जनवर्गीय संगठनको नेतृत्वको नाम सार्वजनिक गरेको नेकपाभित्र युवा तथा विद्यार्थी नेताहरु असन्तुष्ट बनेका छन्। खासगरी विद्यार्थी संगठनमा कनिष्टलाई संयोजक बनाइएको भन्दै तत्कालिन एमाले र माओवादी दुबैतर्फका नेता रिसाएका छन्। उनीहरुले सामाजिक सन्जालमा सार्वजनिक रुपमै आक्रोश पोखेका छन्। विद्यार्थी संगठनमा एमालेनिकट अनेरास्ववियुका महासचिव ऐन महरलाई सयोजकको जिम्मेवारी दिएपछि विवाद बढेको हो।

अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्ष र उपाध्यक्षलाई वाइपास गर्दै महासचिवलाई संयोजक र क्रान्तिकारीका अध्यक्ष रन्जित तामांगलाई सहसयोजकको जिम्मेवारी तोकिएको छ। यो अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको भागवण्डाका आधारमा भएको हो। युवा संगठनको नेतृत्व तत्कालिन माओवादी समूहले पाउँदा विद्यार्थी संगठनको तत्कालिन एमालेको भागमा परेको थियो। जसमा ओली र माधव नेपालले ऐन महरलाई संयोजक बनाइदिए। महर संयोजक तोकिएपछि पार्टीभित्र असन्तुष्टि बढेको हो। विद्यार्थी नेता मात्र होइन पार्टी नेताले समेत कनिष्टलाई अघि बढाएको भन्दै रोष प्रकट गरेका छन्। 

यो विषयलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् । विचित्रको एकता भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नम्बर २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’ अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए । तर महासचिव संयोजक बनेपछि उनले आफ्नो गुनासो सामाजिक सञ्जालमा पोखेका छन्। 

महरको मातहत सहसंयोजक तोकिएका रञ्जित तामाङले पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनी राजीनामा दिने तयारीमा छन्। तामाङले भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन।’ आफ्नो अपमान भएको भन्दै तामाङ राजीनामा दिने तयारीमा छन् । उनले असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका पनि छन्, ‘कहिलेकाहिँ समयले पनि मजाक गर्दो रहेछ ।’

नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो । यो विषयमा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् । बस्नेतले फेसबुकमा लेखेका छन्, ‘एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनिसमेत पनि हैन, महासचिवभन्दा मुनि राखेर विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला, कमसेकम विधि चाहिँ हैन ।’

अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले पनि असन्तुष्टि फेसबुकमा पोखेका छन्। उनले नेतृत्वलाई सुझाव भन्दै लेखेका छन्, ‘पाइलापिच्छे फरक मापदण्ड निर्माण गरेर कार्यकर्ताको हुर्मत लिने काम नगरियोस् । विश्वासको धरातल कमजोर भयो भने अहंकारको पर्खाल गर्ल्याम गुर्लुम ढल्न कुनै आइतबार कुर्नु पर्दैन ।’


सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..

‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..