चीनको प्रस्ताव ठाडै अस्वीकार गरे सत्यमोहन जोशी


नेपालपाना प्रकाशित: २०७६-२-३ गते
चीनको प्रस्ताव ठाडै अस्वीकार गरे सत्यमोहन जोशी

काठमाडौं । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले उत्तरी छिमेकी चीनको प्रस्ताव अस्वीकार गरेका छन्। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर भेटघाट गरेकी थिइन्। वैशाख ३० गतेबाट १०० वर्षमा प्रवेश गरेका जोशीलाई भेट्न पुगेकी चिनियाँ राजदूतले करिब ४५ मिनेट कुरा गरेकी थिइन।

कुराकानीका क्रममा राजदूत यान्छीले जोशीलाई चीन भ्रमणका लागि प्रस्ताव गरेकी थिइन्। तर, संस्कृतिविद् जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको भन्दै अस्वीकार गरे।


भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामनाका साथै मायाको चिनो प्रदान गरेकी थिइन्। जोशीले सो अवसरमा अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु तथा अरनिको र नेपाल एवं चीनको सम्बन्ध बारेमा राजदूतसँग चर्चा गरेका थिए । त्यस्तै चिनियाँ भाषाको बारेमा आफूले गरेको अनुसन्धानको बारेमा समेत उनले जानकारी गराएका थिए ।


प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न रामचन्द्र पौडेलको सुझाव 
प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न रामचन्द्र पौडेलको सुझाव 

भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।..

बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !
बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् ।  हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालस..

बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने
बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदै छन्।राष्ट्रपति हमिद बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्न..

४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)
४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)

काठमाडौं । आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदव..