अधिनायकवाद बिरुद्ध एकजुट भएर संघर्ष गर्न नेतृ उपाध्यायको आह्वान, सर्लाहीमा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश !


नेपाल पाना प्रकाशित: २०७६-२-४ गते
अधिनायकवाद बिरुद्ध एकजुट भएर संघर्ष गर्न नेतृ उपाध्यायको आह्वान, सर्लाहीमा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश !

सर्लाही । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध एकजुट भएर संघर्ष गर्ने बेला आएको बताएकी छिन् ।

सर्लाही जिल्लामा जागरण अभियानअन्तर्गत विभिन्न स्थानहरूमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले कम्युनिस्टहरूलाई दुई तिहाइको दम्भ पलाएको बताइन् ।

‘दुई तिहाइको दम्भले कम्युनिस्टहरूले देशमा अधिनायकवाद ल्याउँदै छन् । अधिनायकवादी शासन सत्ता चलाउने अभियानअनुसार स्वतन्त्र प्रेसमाथि प्रहार भएको छ’, उनले भनिन्, ‘नेपाली कांग्रेसले संविधानले दिएको अधिकार कटौती गर्ने कम्युनिस्टहरूको योजनालाई कुनै पनि हालतमा मान्दैनौँ ।’

नेतृ उपाध्याय सर्लाही जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएकी छिन् । उनले एक हप्तादेखि निरन्तर जागरण अभियान चलाउनुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरूसँग कांग्रेसको संगठन निर्माणका बारेमा परामर्श गर्दै आएकी छिन् ।

सर्लाहीको कडौना गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका स्थानमा पनि जागरण कार्यक्रम भएका छन् ।

कांग्रेसको जागरण अभियान अन्तर्गत कांग्रेस नेतृ उपाध्यायले सर्लाही जिल्लामा सत्तारुढ नेकपासहित विभिन्न दल परित्याग गरेका दुई सयभन्दा धेरैलाई नेपाली कांग्रेसमा प्रवेश गराएकी छिन् ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..