सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै !


नेपालपाना प्रकाशित: २०७६-२-५ गते
सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै !

काठमाडौं । पार्टी एकताका काम टुंगो लगाउन भन्दै सत्तारुढ नेकपाको सचिवालय बैठक बस्न लागेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पार्टीक एकता घोषणा भएको बर्षदिन पुग्दा पनि एकताका काम टुंगो लागि नसकेकाले त्यसैलाई सम्पन्न गर्न बैठक डाकिएको हो । 

गत बिहिबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको थियो । आज बस्ने बैठकले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठनलगायतबारे छलफल र निर्णय गर्ने जनाईएको छ । 

यस्तै सो पार्टीको अन्तरिम विधानमा प्रस्तावित केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगबारे पनि आजको बैठकले निर्णय गर्ने पार्टीका नेताहरुले दाबी गरेका छन् । यस्तै, नेकपाले प्रदेश नम्बर तीनका जिल्ला कमिटीहरुको घोषणा पनि आजै गर्न लागेको छ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..