मेलम्चीको पानीलाई लिएर श्याम ज्यापुले उठाए प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न 


‘सरकारले हामीलाई पानी होईन, हावामात्रै खुवायो’
नेपालपाना प्रकाशित: २०७६-२-५ गते
मेलम्चीको पानीलाई लिएर श्याम ज्यापुले उठाए प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न 


काठमाडौं, ४ जेठ । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफुहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोस पोखे । 

ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडिनै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने बताएपनि अहिलेसम्म आयोजनाको काम समपन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए । 

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आएका उनले बिरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हँु, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए । 

उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को आषाढभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफुले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे । 

ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न समस्याले आफुजस्ता लाखांै जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसंगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफुहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो । 

२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दापनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । ‘‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’’–उनले आक्रोस पोखे । 

आफुजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पानीको पाईप बिच्छ्याउने निहँुमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाईरहेको उनको आरोप छ । 


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..