तिरुपति फुड्स एण्ड वेभरेजको बदमासी–चाउमिनसँग खाने ससको बोतलभित्र सुर्तीको खोल !


नेपालपाना प्रकाशित: २०७६-२-६ गते
तिरुपति फुड्स एण्ड वेभरेजको बदमासी–चाउमिनसँग खाने ससको बोतलभित्र सुर्तीको खोल !

पर्वत । म्याग्दीमा एक पसलमा चाउमिनमा राख्न प्रयोग हुने ससको सिल नै नतोडिएको बोतलमा सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र रहेको मौवाफाँटको खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो।

आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोतल दिएका थिए। अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद भएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए।  

बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ। तिरुपति फुड्स एण्ड वेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समय समेत राखिएको छैन। म्याग्दीका ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तु बिक्री हुने गरेको गुनासो बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सदरमुकाममा केन्द्रित रहदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा पनि गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। उनका अनुसार प्रत्येक महिना स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..