'काले डाँका' माथि प्रहरीले गोली ठोक्यो


नेपालपाना प्रकाशित: २०७६-२-६ गते
'काले डाँका' माथि प्रहरीले गोली ठोक्यो

काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका 'काले' भनिने विष्णु तामाङमाथि प्रहरीले गोली ठोकेको छ । 

आज (सोमबार) बिहान काठमाडौंको टोखामा आफुलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई कालेले हतियार देखाएर तर्साउन खोजेका थिए । त्यसपछि प्रहरीले कालेको खुट्टामा गोली हानेर समातेको हो । पक्राउ परेका कालेको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ । 

यसअघि काले डकैती गरेको आरोपमा २०७२ सालमा ६ बर्ष जेल सजाय पुरा गरी छुटेका थिए । जेलबाट छुटेपछि फेरि चोरी–डकैतीमा संलग्न भएपछि प्रहरीले निजलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । 

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..