उखान टुक्कापछि ज्योतिष बन्दै प्रधानमन्त्री ओली, काम छाडेर गरे आफ्नै भविष्यवाणी 


नेपालपाना प्रकाशित: २०७६-२-६ गते
उखान टुक्कापछि ज्योतिष बन्दै प्रधानमन्त्री ओली, काम छाडेर गरे आफ्नै भविष्यवाणी 

काठमाडौं– दोस्रोपटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीबाट एक समय कलाकार चिन्तित भएका थिए। ओलीले कमेडियन स्टाइलमा उखान टुक्कामार्फत जनतालाई हँसाउन थालेपछि कलाकारहरु आफ्ना दर्शक भड्किने हुन भन्नेमा चिन्तित देखिएका थिए। केहीले ओलीलाई कमेडियन भनेर उपमा समेत दिए।

युक्रेनमा राष्ट्रपति निर्वाचित भएका हास्य कलाकार भोलोडिमर जेलेन्स्कीले समेत आफ्नो एक सम्बोधनमा अब विश्वमा कोही रुनु नपर्ने र हाँस्ने दिन दिन आएको भन्दै नेपालका प्रधानमन्त्रीलाई हेर्न भन्दै ओलीको उदाहरणसमेत प्रस्तुत गरेका थिए। यसरी हाँस्य कलाकारको उपमा पाएका ओली अब ज्योतिषीले गर्ने काममा लागेका छन्।

उनी काम छाडेर आफ्नो सरकार र पार्टी नेकपाको भविष्यवाणीमा लागेका छन्। ५ वर्षे म्यान्डेडसहित पानीजहाजदेखि रेलसम्म, आर्थिक विकासदेखि समृद्धिसम्मको सपना बोकेर सत्तामा आएका ओली काम गर्नुको साटो आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने फेरि सरकार बनाउने घोषणा गरिरहेका छन्।

निश्चयनै ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम गर्यो भने फेरि कम्युनिस्ट सरकार सत्तामा आउँछ। यो कुरा ओलीले भनिरहनु पर्दैन। बस काम गरे पुग्छ। तर, उनी काम कम, भविष्यवाणी बढी गरिरहेका छन्। यसले गर्दा यो भविष्यवाणी पुरा नहुने हो कि भन्ने चिन्ता उनकै नेता कार्यकर्तामा छ। 

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काम गर्न छाडेर ज्योतिषीकै भर पर्दा चिप्लिएका थिए। आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भनेर भविष्यवाणी गरेको उनको बयान विवादित बनेको थियो।

यद्यपि ओली त कम्युनिस्ट नेता हुन्। सिद्धान्तले नै उनले भविष्यवाणीभन्दा काममा फोकस हुनुपर्ने हो। त्यसो नभएर ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने भविष्यवाणी गर्दै हिडेका छन्। मदन–आश्रितको २६औं स्मृतिसभामा बल्खुमा आयोजित समारोहमा ओलीले भने, ‘अहिले हामी सँग अलिकति दुई तिहाई छैन। नपचेर के गर्ने, अर्कोपल्ट दुई तिहाईको सरकार बन्छ।’


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..