प्रकाशमानको बोल्ड निर्णयः नबिना लामाले गरिन भव्य स्वागत, कम्युनिस्ट नेताकार्यकर्ता आश्चर्यमा 


नेपालपाना प्रकाशित: २०७६-२-६ गते
प्रकाशमानको बोल्ड निर्णयः नबिना लामाले गरिन भव्य स्वागत, कम्युनिस्ट नेताकार्यकर्ता आश्चर्यमा 


काठमाडौं– सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच दुरी बढ्दै गएका बेला प्रभावशाली नेता प्रकाशमान सिंहले बोल्ड कदम उठाएका छन्। सिंहले दुरी घटाउने र सत्ता प्रतिपक्षबीच सौहार्दपूर्ण व्यवहार कायम हुने खालको कदम उठाएका हुन्।

खासमा प्रकाशमान नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्। प्रकाशमानले नबिना फरक पार्टीको युवा नेतृ भए पनि उनले सञ्चालन गरेको रिमठिम रेस्टुरेन्ट एण्ड कफी शपमा पुगेर व्यवसायिक सफलताको शुभकामना दिएका हुन्। प्रकाशमानलाई नबिनासहित नेकपाका युवा नेता कार्यकर्ताले खुसी व्यक्त गर्दै न्यानो स्वागत गरेका थिए। 

सिंहका प्रेस सहयोगी युपी लामिछानेका अनुसार राजनीतिमा जस्तै व्यवसायमा पनि सफल हुन नबिनालाई शुभकामना दिएका थिए। सिंहको यस्तो कदमपछि कम्युनिस्ट नेता कार्यकर्ता आश्चर्यमा परेका छन्। उनीहरुले प्रकाशमानको यो कदमको प्रशंसा समेत गरेका छन्। 

नबिनाले युवाहरुसँग मिलेर मीनभवनस्थित संसद भवन अगाडि रिमठिम रेस्टुरेन्ट एण्ड कफी शप सञ्चालनमा ल्याएकी छिन्। यो रेस्टुरेन्ट पछिल्लो समय राजनीतिक नेता कार्यकर्ताको हब बनेको छ।


बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !
बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् ।  हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालस..

बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने
बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदै छन्।राष्ट्रपति हमिद बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्न..

४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)
४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)

काठमाडौं । आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदव..

विदेशी मुद्राको भाउ बढ्यो, परदेशबाट रकम पठाउनेलाई फाईदा (सूचीसहित)
विदेशी मुद्राको भाउ बढ्यो, परदेशबाट रकम पठाउनेलाई फाईदा (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६५ पैसा तोकेको छ  । हिजो प्रतिअमेरिकी डलरको खरिदद..