पाँचथर 'नरसंहार' : झापाबाट डीआईजी नेतृत्वको अनुसन्धान टोली घटनास्थल जाँदै !


नेपालपाना प्रकाशित: २०७६-२-७ गते
पाँचथर 'नरसंहार' : झापाबाट डीआईजी नेतृत्वको अनुसन्धान टोली घटनास्थल जाँदै !

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा  दुई परिवारका नौ जनाको हत्या भएपछि आवश्यक अनुसन्धान गर्न झापाबाट डीआईजी नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । 

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले पनि डीएसपी नेतृत्वमा घटनास्थलतर्फ प्रहरी खटाएको छ । विभत्स हत्याकाण्ड भएकाले अपराधीको निगरानी र सुरक्षा व्यवस्था कडा पार्न अहिले पाँचथरमा छिमेकी जिल्लाहरुबाट समेत प्रहरी पठाईएको छ ।

यो पनि पढ्नुहोस : पाँचथरमा 'नरसंहार', दुई परिवारका नौ जनाको हत्या !

सोमबार राती भएको भनिएको यो नरसंहारमा दुई परिवारका नौ जनाको हत्या भएको छ भने एक बालिका घाईते छिन् । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि विभत्स हत्या गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या गरिएको पुष्टि गरेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । 


 


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..