शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै  राखे नयाँ कीर्तिमान


नेपाल पाना प्रकाशित: २०७६-२-७ गते
शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै  राखे नयाँ कीर्तिमान

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् ।

एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् । आज (मंगलबार) बिहान ६ः३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनी अघिल्लो बुधबार २३ औं पटक चुचुरोमा पुगेका थिए ।

श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगलबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका हुन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ ।

बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहीहरु लाइनमा छन् । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..