कैदी खुलमखुला होटलमा महिलासँग मोजमस्ती गर्दै


नेपाल पाना प्रकाशित: २०७६-२-७ गते
कैदी खुलमखुला होटलमा महिलासँग मोजमस्ती गर्दै

धादिङ । धादिङ कारागारकाa एक कैदी खुलमखुला होटलमा मोजमस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । यसले कारागारको सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका-४ सेर्तुङका प्रेम कैदीलाई २०७२ सालमा जवरजस्ती करणीको मुद्दामा ११ वर्षको जेल सजाय तोकिएको थियो । अदालतको आदेशअनुसार कैदी कारागारभित्र हुनुपर्ने हो । तर उनी सदरमुकामका होटलमा मोजमस्तीमा रमाइरहेको भिडियो सार्वजनिक भएको छ ।

अझ रोचक त के छ भने तामाङलाई होटलको कोठाभित्र राखेर बाहिरबाट ताल्चा लगाएर उनको सुरक्षाका लागि बियर खाँदै सादा पोशाकका प्रहरीहरु नै पहरा दिइरहेका छन् । गम्भीर बिरामी र एकदमै जटिल अवस्था बाहेक अरु बेलामा बाहिर जान नपाइने धादिङ कारागारका निमित्त प्रमुख मदनकुमार श्रेष्ठ बताउँछन् ।

नेपाल सरकारले तोकेका निश्चित क्रियाकलापभन्दा बाहेक अरु कुनै पनि काम कारागारभित्र गर्न पाइँदैन । तर धादिङ कारागारभित्र भने जुवातास खेलाउने र बजारमूल्य भन्दा ५ गुणा महंगोमा बाहिरबाट मदिरा ल्याएर बिक्री गर्ने गरिएको कारागारबाट बाहिरिएकाहरु नै बताउँछन् ।

कारागारभित्रका पैसावाल कैदीबन्दीले चौकीदार र कारागार सुरक्षाका लागि खटिएका प्रहरीलाई घूस खुवाएर बाहिर मोजमस्ती गर्न जाने, कारागारभित्रै जुवातास खेल्ने र मदिरा सेवन गर्ने गरेका छन् भने पैसा नहुनेहरु चौकीदारको शोषणमा बस्न बाध्य हुने गरेका छन् ।

धादिङको कारागारका केही कैदीबन्दीले आफूहरु शोषणमा परेको भन्दै न्यायिक छानबिनको माग गर्दै कारागार व्यवस्थापन विभाग काठमाडौंलाई लेखेको पत्रसमेत सार्वजनिक भएको छ । सम्पूर्ण कैदीबन्दीका तर्फबाट भन्ने लेखिएको पत्रमा प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयलाई समेत बोधार्थ लेखिएको छ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..