छाया सरकारको शिक्षामन्त्री बनेपछि गगनले ल्याए ३ योजना, अब ओलीका मन्त्रीको मनोमानी नचल्ने


नेपालपाना प्रकाशित: २०७६-२-७ गते
छाया सरकारको शिक्षामन्त्री बनेपछि गगनले ल्याए ३ योजना, अब ओलीका मन्त्रीको मनोमानी नचल्ने

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले छाया सरकारको शिक्षामन्त्री बनेपछि ३ वटा कार्ययोजना अघि सारेका छन्।

पार्टीको संसदीय दलले सोमबार छाया सरकार गठन गरेर शिक्षा मन्त्रालयको समन्वय समितिको जिम्मेवारी दिएपछि नेता थापाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउने हिसाबले ३ वटा कार्ययोजना बनाएका हुन्। 

पार्टीले शिक्षा मन्त्रालयको जिम्मेवारी दिएपछि आफूले तीन वटा कार्ययोजना बनाएको उनले सुनाएः 

१) शिक्षा मन्त्रालयले जति पनि विधेयक ल्याउँछ, तिनलाई निर्माणको बेलादेखि संसदमा पुग्ने बेलासम्म नजिकबाट हेर्ने, अन्तरवस्तु बुझ्ने र विधेयकमा पार्टीको लिड बढाउने र संसदभित्र डिभेटको क्वालिटी बढाउने। सूचना, जानकारीलाई बढाउने।

२) संसदभन्दा बाहिर शिक्षा मन्त्रालयले गर्ने कामहरुको अनुगमन गर्ने। नीति तथा कार्यक्रम र बजेटमा भनेअनुसार परिणाम दियो कि दिएन? नीतिअनुसार काम गर्यो कि गरेन? संसदले दिएको निर्देशनलाई पालना गर्यो कि गरेन? भन्ने हेर्ने काम गर्छाैं। जसले गर्दा शिक्षा मन्त्रालयलाई सकारात्मक दबाब दिने काम हुन्छ। जसबाट जिम्मेवार र उत्तरदायी बनाउने। ‘पहिला के हुन्थ्यो भने मैले जे लगे पनि संसदमा जान्छ। एउटा सांसदले असहमति राख्छ, म त्यसलाई इग्नोर गर्नसक्छु भन्ने थियो। अब एउटा सांसदको समूह छ। निरन्तर निगरानी गरिरहेको छ भन्ने भएपछि ठूलो एउटा दबाब हुन्छ। यो भन्दै गर्दा हामीले सबै कुरामा प्रश्न उठाउने, विरोध गर्ने होइन। सकारात्मक कुरामा सहकार्य गरेर अगाडि बढ्न सक्छौं।’ 

३) जनतालाई निरन्तररुपमा वैकल्पिक सरकारको रुपमा आभास गराउने। कुनै नीति बनाउँदा यो सरकारको ठाउँमा अर्काे सरकार भएको भए के गर्थ्यो त? हामीले आफ्नो वैकल्पिक नीति तथा कार्यक्रम भन्ने पनि हो र भोलिको दिनमा के गर्छाैं भन्ने आभास दिलाउन खोजेका हौं। भोलिका निम्ति तयारी गर्ने प्रयास रहने छ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..