सन्नी लियोन भूतको भूमिकामा देखिँदै


नेपाल पाना प्रकाशित: २०७६-२-७ गते
सन्नी लियोन भूतको भूमिकामा देखिँदै

विराटनगर । बलिउड अभिनेत्री सन्नी लियोनले फेरि एक पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छिन् । 

उनी ‘कोकाकोला’ नामक यस फिल्ममा भूतको भूमिका निर्वाह गर्न लागेको पक्का भएको छ । हरर तथा कमेडी दुवै जनरामा बन्न लागेको यस फिल्ममा सन्नीको मुख्य भूमिका रहने भएको छ ।

साथै निर्माण टिमले धमाधम अरु कलाकारहरुको छनोट गर्दै आएका छन् । महिन्द्रा धारीवाल निर्माता रहने फिल्म ‘कोकाकोला’ को छायांकन यहि जुनबाट सुरु हुने निर्माण टिमले जनाएको छ । उक्त चलचित्रको छायांकन देहरादुन, मसुरी, हरिद्वारलगायतका स्थानमा गरिने भएको छ ।

सन्नीले यसअघि अभिनय गरेका पछिल्लो समय हरर जनरा भएको चलचित्रले बक्स अफिसमा निकै तहल्का मचाएको थियो । यस्तो जनराका चलचित्र अहिलेको यूवा पुस्तामा बढी माग रहेको भएको कारण उक्त चलचित्रको निर्माण गर्न लागेको निर्माताले बताएका छन् ।

सन्नीको हातमा खासै चलचित्र पर्ने गर्दैनन् । उनलाई चलचित्रमा भन्दा पनि चलचित्रको आइटम गीतहरुमा नृत्य गर्दै गरेको बढी देखिने गरिन्छ । त्यसैले यो खबर बाहिरिए सँगै सन्नीका फ्यानहरु निकै उत्साहित भएका छन् ।







राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..