सगरमाथाको उचाई नाप्न हिँडेको टोली चुचुरोमा !


नेपालपाना प्रकाशित: २०७६-२-८ गते
सगरमाथाको उचाई नाप्न हिँडेको टोली चुचुरोमा !

काठमाडौं । विश्वकै अग्लो शिखर सगरमाथाको उचाई नाप्न गएको नापी विभागको टोली आज बुधबार बिहान चुचुरोमा पुगेको छ । 

बिहान सवा ३ बजे प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रविन कार्कीसहितको टोलीले सगरमाथाको चुचुरो चुमेको हो । पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्माको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गरेका छन् ।

आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका छन्।सगरमाथाको उचाई नापेर अहिले टोली चुचुरोबाट बेसक्याम्पतर्फ झरिरहेको नापी विभागले जानकारी दिएको छ ।

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाई मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको थियो।  

सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत्र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका थिए। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए।

प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्न त्यस तर्फ गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसूत्रको काम गरिरहेका छन् भने, गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेका छन्।  नापका लागि पाँचजना गाइडहरू खटाइएको छ।


सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..

‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..