सगरमाथाको चुचुरोमा उचाई नाप्ने यन्त्र जडान, ६ महिनाभित्र आधिकारिक उचाई पत्ता लाग्ने 


नेपालपाना प्रकाशित: २०७६-२-८ गते
सगरमाथाको चुचुरोमा उचाई नाप्ने यन्त्र जडान, ६ महिनाभित्र आधिकारिक उचाई पत्ता लाग्ने 

काठमाडौं । उचाई नाप्न सगरमाथाको चुचुरोमा पुगेको नापी विभागको टोलीले त्यहाँ उचाई नाप्ने यन्त्र राखेको छ । 

सगरमाथा शिखरमा जडान गरिएको ग्लोबल नेभिगेसन स्याटेलाईट सिस्टम सर्भे (जीएनएनएस) मार्फत अब स्याटेलाईटले त्यहाँ पठाएका डाटाहरु संकलन गरिनेछ । 

बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

नापी विभागको तर्फबाट रविन कार्की, गाईड छिरिङजाङबु शेर्पालगायतले शिखरमा यन्त्र जडान कार्य सम्पन्न गरेका हुन्। शिखरमा यन्त्र जडान गरेसँगै अन्य विभिन्न स्थानमा यस अघि नै राखिएका यन्त्रहरुसँग कनेक्सन गरिएको छ ।टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरमा यन्त्र कनेक्सनको काम गरिरहेका छन् । 

यो पनि पढ्नुहोस : सगरमाथाको उचाई नाप्न हिँडेको टोली चुचुरोमा !

शिखरमा राखेको यन्त्रसँग सोलुखुम्बुको पत्ताले लगायतका विभिन्न स्थानमा राखिएका यन्त्रसँग भएका तथ्याङकहरुले विश्लेषण गरेपछि मात्र सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने यस अघि नै नापी विभागले बताएको थियो । 

तथ्याङकलाई अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तथ्याङकलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाइ टुङ्गो लगाउन कम्तीमा ६ महिना लाग्ने नापी विभागले यस अघि नै बताइसकेको छ ।

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाई मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको थियो।  

सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत्र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका थिए। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए।

प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्न त्यस तर्फ गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसूत्रको काम गरिरहेका छन् भने, गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेका छन्।  नापका लागि पाँचजना गाइडहरू खटाइएको छ।

यसअघि सन् १८५६ मा बेलायतका जर्ज एभरेष्टले सर्वे गरी ८,८४८ मिटर अग्लो रहेको निष्कर्षसहित विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । उनकै नामबाट सगरमाथाको नाम माउण्ट एभरेष्ट राखिएको हो । 

सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको बताएपछि नेपाललाई सगरमाथाको उचाइ नापेर प्रमाणित गर्न दबाब बढेको हो ।


आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै
आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिन..

आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिए..

नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 
नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ न..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..