घरभित्रै जलेर एकै परिवारका तीन जनाकाे मृत्यु


नेपालपाना प्रकाशित: २०७६-२-९ गते
घरभित्रै जलेर एकै परिवारका तीन जनाकाे मृत्यु

बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर  मृत्यु भएको छ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।   बुधबार राति  खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।   प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।  घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलतर्फ गएको छ । 


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..