अज्ञात व्यक्तिद्वारा आरतीमाथि हतियार प्रहार 


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
अज्ञात व्यक्तिद्वारा आरतीमाथि हतियार प्रहार 

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा बुधवार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । 

अज्ञात व्यक्तिबाट प्रहार भएको धारिलो हतियारबाट ४१ वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् । आरती घरमा सुतीरहेका बेला दुई अपरिचित व्यक्तिले धारिलो हतियार टाउकोमा प्रहार गरी हत्या गर्न खोजिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

आरतीसँगै ७ वर्षीया छोरी पनि सुतेकी थिइन् । राति विद्युतसमेत नभएको र पानी परेको समय कोठमा प्रवेश गरेका २ जनाले अरुलाई भनिस् भने मार्नेसमेत धम्की दिएको छोरीले बताएकी छन्  । 

बिहीबार बिहान स्थानीयले थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । आरतीको बिर्तामोडको एक अस्पतालमा उपचार भइरहेको स्थानीय गोकुल हुमागाईंले बताए । प्रहरीले अज्ञात व्यक्तिहरुको खोजिकार्य शुरु गरेको छ । 


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..