छोराले गरे आफ्नै बाबुको हत्या !


नेपालपाना प्रकाशित: २०७६-२-९ गते
छोराले गरे आफ्नै बाबुको हत्या !

रुकुम पूर्व । जिल्लाको भुमे गाउँपालिका–७ गुनाममा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार, बिहीबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको हो ।

हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताए । प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..