हत्याकाण्ड: मृतकहरुको आजै अन्तेष्टि गरिदै


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
हत्याकाण्ड: मृतकहरुको आजै अन्तेष्टि गरिदै

पाँचथर । सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्तेष्टिका गरिने छ । यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको माङजाबुङ भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ ।

स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चित्ता निर्माण गरिएको छ । जसका लागि दुई स्थानमा दुई वटा चित्ता निर्माण गरिएको छ ।

शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफ्न्तहरु नआएकाले आफ्न्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..