हत्याकाण्ड: नौ जनाकै अत्येष्टि सम्पन्न


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
हत्याकाण्ड: नौ जनाकै अत्येष्टि सम्पन्न

पाँचथर । नौ जनाको आज अन्त्येष्टी गरिएको छ । मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डको घटनामा ज्यान गुमाएका नौ जनाकै  अन्त्येष्टी गरिएको हो । 

हत्या गरिएका दुई परिवार मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टी गरिएको छ । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।

त्यस्तै, सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजोङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्यष्टी गरिएको हो । सराङडाडा शेर्माको पुर्खेउली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती सस्मिता शेर्मा छोरीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।

संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइ मानबहादुर माखिमको शव मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन । प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउनेगरि आफूहरुले खोजी गरिरहेको विश्वास दिलाएको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..