वैदेशिक रोजगारीका कारण जटिल समस्यामा परेका पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
वैदेशिक रोजगारीका कारण जटिल समस्यामा परेका पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने

सप्तरी । वैदेशिक रोजगारीका कारण जटिल समस्यामा परेका पीडित तथा आश्रित परिवारलाई सहयोग गर्न आकस्मिक कोष स्थापना गरिने भएको छ ।

अन्तरपालिका समन्वय बैठकले आर्थिक रुपमा विपन्न व्यक्ति रोजगारीका लागि विदेश जाने गरेको तर विभिन्न कारणले समस्या पर्दा घर फर्कन नसक्ने, श्रम अवधि कटेका आश्रित परिवारले आर्थिक सहायता तथा क्षतिपूर्ति नपाउने र पीडित परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्न आकस्मिक कोष स्थापना निर्णय गरेको हो ।

बैठकले जिल्लाका सबै स्थानीय सरकारले संयुक्त रुपमा आकस्मिक कोष निर्देशिका बनाएर पहिलो चरणमा प्रत्येक स्थानीय तहले १ लाख रुपैयाँका दरले जम्मा गरेर स्थापना गर्ने निष्कर्ष निकालेको छ । स्थानीय सरकारले वैदेशिक रोजगारीमा जाने, अनुभव लिएर फर्किएका र तिनका परिवारका सदस्यलाई लक्षित गरी सीप विकासका कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गैर सरकारी संस्था महासंघ तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामी हेल्भेटास नेपालका प्रतिनिधिसहितको उपस्थिती थियो ।

वैदेशिक रोजगारीमा जाने युवाले दलाललाई विश्वास गर्ने, सूचना नलिई जाने गरेका कारण धेरै ठगीमा पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारका धेरै सकारात्मक पक्षहरु हुँदा हुँदै पनि सीप नसिकी जाँदा ठगिने समस्या बढेको कार्यक्रमका सहभागीले बताए ।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..