भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !


नेपालपाना प्रकाशित: २०७६-२-१० गते
भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !

-सरोज पण्डित

काठमाडाैं । नेपालको दक्षिणी छिमेकी भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सत्ता निरन्तरता कायम भएको छ । लोकसभा चुनावबाट भाजपाकै नेतृत्वमा पुनः ५ बर्षको सरकार गठन हुने पक्कापक्की भएसँगै यतिखेर प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधीहरुलाई गतिलो झापड मिलेको छ । 

विश्वकै विशाल लोकतान्त्रिक मुलुक भारतमा जे भईरहेको छ, कोरा राजनीतिक र कुटनीतिक चेतना भएकाहरुले त्यसलाई सजिलै बुझ्न सकिरहेका छैनन । जसले तारान्तार अनावश्यक रुपमा दक्षिण एसियाली व्यवस्थाको ठूलो मुलुकलाई गिजोल्ने प्रयास गरे र आफ्नो ‘नाकामयाबी’को भारी भारतमाथि नै थोपरे । कुटनीतिक सौदाबाजीमा आफु बलियो हुनुभन्दा कमजोरीको दोषारोपण छिमेकीमै लाद्नमा समय बर्बाद पारे ।

पण्डितहरु यसरी पछारिए कि उनीहरु अब पुरापुर आफ्नो बोली बदल्न लागेका छन् या अझै बेमेलको राजनीति र कुटनीतिलाई बढावा दिन निकृष्ट ढंगले प्रश्तुत भईरहेका छन् ।

आफ्नो देशका तमाम नागरिकको मस्तिष्कमा भारतविरोधी छाप हान्न उनीहरुले भरमग्दुर प्रयास गरे र छिमेकी देशको चुनावमा लाजै नमानी निश्चित दल एवं आयातित एजेन्डा बोकेका केही व्यक्तिहरुको पक्षधरता लिए । सामान्य कुटनीतिक मर्यादासमेत तोडेर आफ्ना कार्यकर्ताहरुलाई भारतीय भूमीमै परिचालन गरे ।

भारतको चुनावी परिणामलाई बुझ्नुअघि विश्वका नागरिकहरुको राजनीतिक चेतनालाई चुनावी परिणामहरुसँग जोडेर हेर्न जरुरी छ । एक्काईसौं शताब्दीको दोस्रो दशकमा जसरी लोकतन्त्र परिघटनाहरु तथाकथित ‘विश्लेषक’ एवं ‘पण्डित’हरुले सोचेभन्दा विपरित देखिएका छन्, त्यसलाई सुझबुझपूर्ण तरिकाले विश्लेषण गर्न पछिल्लो दशककै घटनाक्रमहरु नियाल्नुपर्ने हुन्छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, रुसमा भ्लादिमिर पुटिनको एकछत्र राज, भारतमा सन् २०१४ को चुनावी परिणाम र नेपालमै पनि राष्ट्रवादी रुझान देखाएका कम्युनिष्टहरुको बलियो सत्ता, चीनमा सी जिनपिङको बढ्दो शक्ति ! यो अवस्था आउनसक्छ भनि विश्लेषण गर्नेहरुलाई सत्तोसराप र नाङ्गेझार पार्न कुनै कसर बाँकी नराखेका पण्डितहरु यसरी पछारिए कि उनीहरु अब पुरापुर आफ्नो बोली बदल्न लागेका छन् या अझै बेमेलको राजनीति र कुटनीतिलाई बढावा दिन निकृष्ट ढंगले प्रश्तुत भईरहेका छन् ।

यही स्थिति कायम रहे अब २० औं शताब्दीको अन्तिमतिरदेखि २१ औं शताब्दीको पहिलो दशकमा रजगज गरेका राजनीतिक शक्तिहरु क्षयीकरण हुँदै विलुप्त नहोलान् भन्न सकिँदैन । 

यस्ता निकृष्टहरु हिमालय क्षेत्रको चिसो देशका छापामा काँचो वायु छाडिरहेका छन् । विवेकलाई बन्धक बनाएर, सन्निकट चुनौतीहरुलाई कमजोर आंकलन गर्दै हत्केलाले पहाड भत्काउन खोजिरहेका छन् । 

हुन पनि विश्वभर नै सन् २०१० पछि चुनिएका मुख्य सरकारहरुले चक्मा दिँदै सत्ता वैद्यताको निरन्तरता हासिल गरिरहेका छन् । पछिल्लो महिनाकै राजनीतिक घटनाहरुलाई हेर्दा अस्ट्रेलियामा यही देखियो, प्रधानमन्त्री स्कट मरिसनको कन्जरभेटिभ गठबन्धनले चामत्कारिक जीत हात पारेको छ ।

ईन्डोनेसियामा सत्ताधारी दलप्रति उस्तै रुझान देखियो । साविककै सत्ताधारी इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगलका नेता जोको विदोदो दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका छन् । अहिले मतगणना भईरहेको भारतमा त विश्वका महारथ विश्लेषकहरुलाई लोप्पा खुवाउँदै भारतीय जनता पार्टी (भाजपा) ले तहल्का मच्चाईरहेको छ ।

भारतमा मोदीको पुनरागमन बाध्यता नभई आवश्यकता नै थियो, जसलाई नेपालका अर्धबौद्धिक विश्लेषकहरुले आंकलन गर्न नै सकेनन् ।

यो तहल्काले नागरिक मनोगत प्रचारमा रुमल्लिन छाडेको बलियो विश्लेषणात्मक आधार दिएको छ । चुनावमा साविकको प्रतिपक्षी नै नराम्रोसँग बढारिने र सत्ताधारीले नै जीत हासिल गर्ने ‘ट्रेण्ड’ नै स्थापित भएको छ । यी चुनावी परिणामहरुले विश्वभरकै लोकतान्त्रिक प्रणाली अब ‘दलबदली’को खेलभन्दा माथि उठेको प्रतित भईरहेको छ ।

लामो समय सत्तामा बसेर खासै काम गर्न नसकेको र प्रतिपक्षमा रहँदामात्र जनताका आकांक्षाहरुलाई चुनावी मसाला बनाउने पार्टीहरु विलयको दिशातिर अग्रसर छन् । यही स्थिति कायम रहे अब २० औं शताब्दीको अन्तिमतिरदेखि २१ औं शताब्दीको पहिलो दशकमा रजगज गरेका राजनीतिक शक्तिहरु क्षयीकरण हुँदै विलुप्त नहोलान् भन्न सकिँदैन । 

नेपालका सन्दर्भमा भारतले निकै अर्थ राख्छ । त्यहाँको अर्थतन्त्रमा हुने उतारचढावले नेपालीको भान्सालाई सस्तो या महंगो पार्नेसम्मको तागत राख्छ । औपचारिक/अनौपचारिक रुपमा ८० प्रतिशतभन्दा बढी बैदेशिक व्यापार भारतसँगै रहेको नेपाललाई दक्षिणी छिमेकी मुलुकमा हुने सत्तापरिवर्तन, राजनीति, चुनाव, विश्वव्यापीकरणजस्ता घटनाहरुले प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

कांग्रेस आईको सरकार रहँदा जसरी नेपालमा सत्तापलटको खेल हुन्थ्यो, त्यो यतिखेर बन्द भएको छ । यसका पछाडी भारतीय जनता पार्टीको सुझबुझपूर्ण कुटनीतिले नै महत्वपूर्ण भूमीका खेलेको छ । नरेन्द्र मोदीले सन् २०१६ पछि त नेपालको स्थिरताका लागि निकै सहयोग गरेका छन् ।

उत्तरतर्फको आर्थिक महाशक्ति चीन र दक्षिणतर्फको सबैभन्दा नजिकको अर्को महाशक्ति भारत नै नेपालको जनजीवनमा निर्णायक अर्थ राख्ने मुलुक हुन । यस्तो स्थितीमा आफुलाई विकास र समृद्धितिर लम्काउन कोशिस गरिरहेको नेपालका पण्डितहरुले चाहिँ छिमेकीसँग बखेडा निकाल्न अनेक उपाय खोजिरहेका छन् । 

यो विश्लेषण तयार गर्दैगर्दा भारतमा लोकसभा निर्वाचनअन्तर्गत मतगणनाको सरगर्मी निकै चर्को छ । प्रतिपक्षी कांग्रेस आईले सन् २०१४ कै पराजयको निरन्तरता भोग्ने पक्कापक्की छ । कुल ५४३ मध्ये ५४२ सिटका लागि भएको निर्वाचनमा वर्तमान सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले ठूलो अग्रता लिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको यो गठनबन्धनले ३४२ सिटमा अग्रता लिएको छ भने कांग्रेसका राहुल गान्धी नेतृत्वको युनाईटेड प्रोगेसीभ एलायन्स (युपीए) ९० सिटमा खुम्चिएको छ । बरु अन्य साना र क्षेत्रीय पार्टीहरुले ११० सिटमा अग्रता लिईरहेका छन् । प्रतिपक्षमा रहेका हस्तीहरु बढारिँदै छन् र उग्रपन्थी विचारधाराका प्रवर्तकहरु पनि पत्तासाफ हुँदैछन् ।

भाजपाविरोधी बुद्धिविलास विफल सावित भएको छ । यस्ता विश्लेषकहरुले भारतसँगको कुटनीतिक सम्बन्धलाई न गन्तव्यमा पु-याउन सहयोग गरेका छन्, न त भवितव्य देखेका छन् ।

भारतमा मोदीको पुनरागमन बाध्यता नभई आवश्यकता नै थियो, जसलाई नेपालका अर्धबौद्धिक विश्लेषकहरुले आंकलन गर्न नै सकेनन् । सन् २०१५ मा दुई देशबीच देखिएको पारवहन अवरोध यस्ता विश्लेषकहरुको हतियार रहँदै आएको छ, जबकी दुई देशबीचको सम्बन्ध धेरै अघि बढिसकेको छ ।

भाजपाविरोधी बुद्धिविलास विफल सावित भएको छ । यस्ता विश्लेषकहरुले भारतसँगको कुटनीतिक सम्बन्धलाई न गन्तव्यमा पु-याउन सहयोग गरेका छन्, न त भवितव्य देखेका छन् । दक्षिण एसियाकै राजनीतिलाई उलटफेर पार्नेगरी भाजपाको सत्ता पुनरागमन त यस्ता विश्लेषकहरुले मथिंगलमै नरहेको विषय रह्यो । 

छिमेकमा मोदीको सत्ता निरन्तरताले के हुन्छ त ? यसको सबैभन्दा ठूलो असर त मोदी र भाजपाको निरर्थक विरोधमा लागेका तिनै प्रायोजित मानिसहरुलाई पर्नेछ, जसले स्वार्थको रोटी सेकाउन जतिसुकै बेला जसको पनि विरोध या समर्थन गर्न हिच्किचाउँदैनन । आम नागरिक र स्थिर सरकारका हकमा पनि यसले केही असर अवश्य नै राख्छ, तर धेरै हदसम्म सकारात्मक ।

भारतीय नागरिकले अब सत्तामा कसलाई पु-याउने भनी चिट्ठा खेल्न छाडिदिएका छन् । पटक–पटक सत्तामा पुगेर पनि नागरिक र देशको हितमा काम नगर्ने कांग्रेस आई र उसको गठबन्धन बढारिनुले भारत सत्ता स्थिरतातर्फ अघि बढेको संकेत मिल्छ । भारतको सत्ता स्थिर हुँदा नेपाललाई र नेपालमा स्थिरता हुँदा भारतलाई अवश्यमेव फाईदा पुगिरहेको छ । 

पारवहन अवरोधका बेला केही चिसिएको कुटनीतिक सम्बन्ध अब सामान्यीकरण भईसकेको छ । कांग्रेस आईको सरकार रहँदा जसरी नेपालमा सत्तापलटको खेल हुन्थ्यो, त्यो यतिखेर बन्द भएको छ । यसका पछाडी भारतीय जनता पार्टीको सुझबुझपूर्ण कुटनीतिले नै महत्वपूर्ण भूमीका खेलेको छ । नरेन्द्र मोदीले सन् २०१६ पछि त नेपालको स्थिरताका लागि निकै सहयोग गरेका छन् । यसबीचमा न त नेपालको सत्ता र राजनीतिमा भारतीय हस्तक्षेपको कुरा आएको छ, न त सरकारहरुका बीचमा तनाव नै देखिएको छ । 

तर, नेपालका पण्डितहरु भने अब त्रस्त बन्नुपर्ने दिन आएको छ । नेपाली सञ्चारमाध्यममा भारत र मोदीविरोधी वान्ता गर्नेहरु, भारतविरोधी शक्तिका मनमौजी गोटी बनेकाहरु र मोदीईतरको शक्तिबाट ठूलो अपेक्षा राखेकाहरुलाई अबको समय कष्टसाध्य हुनेछ । किनकी, घरेलु शक्ति समीकरणमा पहिले नै विफल देखिएका उनीहरुको बौद्धिकता र चरित्र एकैसाथ पखालिएको छ । 

नेपालका मामिलामा मोदी यतिखेर चुप बसेका छन्, तर यो अवस्था सँधै रहँदैन । किनकी, काठमाडौंमा यो बीच भारतका विरुद्ध धेरै प्रायोजित रोटी पाकिसकेको छ । भारतले आफ्नाविरुद्ध सँधै यो स्थिति रहन दिँदैन भन्ने पक्कापक्की छ ।

अब नेपाल सरकारले भारतसँग कसरी कुटनीतिक सम्बन्ध अघि बढाउँछ भन्नेमा दुई देशबीचको सामिप्यता निर्धारण हुनेछ । प्रायोजित उग्र राष्ट्रवादी नारालाई उछाल्ने या नजिकको मित्रराष्ट्रसँगको सम्बन्धलाई थप मजबुत बनाउने ? यो नेपाली शासकहरुकै हातमा छ ।

कुटनीतिक सम्बन्धलाई सतही विश्लेषण गरी, अनेक चलखेल गरी, जबर्जस्त भारतविरोधी माहोल बनाई दुई देशबीचको सम्बन्ध धमिल्याउन खोज्नेहरुलाई सरकारले ठेगान लगाउँछ कि खुलेआम छाडिदिन्छ ? यो प्रश्नले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई धेरै हदसम्म अर्थ राख्नेछ । 

भारतमा मोदी सरकारले चुनावमार्फत पाँच बर्षको नवीकरण पाएको छ । नेपालमा पनि अहिले स्थिर सरकार छ । दुई देशबीचको सम्बन्धमा नेपालको भारतसँग र भारतको नेपालसँग केही अपेक्षाहरु पक्कै छन् । ती अपेक्षाहरुलाई एक अर्कोले पुरा गर्नेतर्फ दुवै मुलुकका स्थिर सरकारहरु लाग्नुपर्छ ।

नेपालका मामिलामा मोदी यतिखेर चुप बसेका छन्, तर यो अवस्था सँधै रहँदैन । किनकी, काठमाडौंमा यो बीच भारतका विरुद्ध धेरै प्रायोजित रोटी पाकिसकेको छ । भारतले आफ्नाविरुद्ध सँधै यो स्थिति रहन दिँदैन भन्ने पक्कापक्की छ ।


श्रावण महिनाको महत्व
श्रावण महिनाको महत्व

श्रावण महिना धार्मिक र प्राकृतिक रुपमा महत्वपूर्ण महिना मानिन्छ । किसानहरुलाई खेतीपाति गर्न भ्याई नभ्याई हुन्छ । सबैका घरमा लटरम फलफुल  फलेका हुन्छन् । हरियो  तरकारी..

भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु
भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिही..

नैतिकताले समाज परिवर्तन गर्न सकिन्छ : बंशी कुमार
नैतिकताले समाज परिवर्तन गर्न सकिन्छ : बंशी कुमार

काठमाडौं । आर्थिक लेनदेनमात्र भ्रष्टाचार होइन । भ्रष्टाचारका स्वरुप धेरै छन् । अनैतिक कार्य गर्नु, भ्रममा पार्नु, छलकपटी गर्नु, कालोबजारी गर्नु, राष्ट्रसेवक कर्मचारी समयमा अफि..

सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्
सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्

काठमाडौं । सम्माननीय बलत्कारी ज्युँ ! तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार..