सिक्किममा पवन चाम्लिङको सत्ता ढल्यो, २५ बर्षपछि प्रतिपक्षी बन्दै 


नेपालपाना प्रकाशित: २०७६-२-१० गते
सिक्किममा पवन चाम्लिङको सत्ता ढल्यो, २५ बर्षपछि प्रतिपक्षी बन्दै 

गान्तोक । विगत २५ बर्षदेखि सिक्किमको सत्तामा एकछत्र रजगज गरेको पवन चाम्लिङ अब प्रतिपक्षी दल भएका छन् । 

लोकसभा चुनावसँगै सिक्किममा विधानसभा चुनाव समेत भएको थियो । सो चुनावमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा (एककेएम) ले पराजित गरेको हो । 

कुल ३२ सिटमध्ये चाम्लिङको पार्टीले जम्मा १५ सिटमा जित हात पारेको छ । तर पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट कब्जा गरेको छ । अब गोले सिक्किमको सत्तामा जानेछन् भने चाम्लिङ प्रतिपक्षीमा बस्नेछन् । चुनाव जितेका गोले पहिले चाम्लिङकै पार्टमा थिए ।  

सन् १९९४ देखि नै चाम्लिङ लगातार सिक्किमको मुख्यमन्त्री रहीआएका थिए । विपक्षी दलले चाम्लिङमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन् ।


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..