चुनाव जितेका मोदीलाई देउवाले बधाई दिए 


रासस प्रकाशित: २०७६-२-१० गते
चुनाव जितेका मोदीलाई देउवाले बधाई दिए 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाइ तथा शुभकामना दिएका छन् ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताएका छन् ।

नेपाली कांग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत सभापति देउवाले विश्वास व्यक्त गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..