नेपाली नेताहरुलाई मोदीले फर्काए बधाईको जवाफ !


नेपालपाना प्रकाशित: २०७६-२-१० गते
नेपाली नेताहरुलाई मोदीले फर्काए बधाईको जवाफ !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा भारी बहुमत ल्याएपछि नेपाली नेताहरुले दिएको बधाईको जवाफ फर्काएका छन् ।  

ईन्टरनेट सञ्जाल ट्वीटरमार्फत मोदीलाई विश्वभरका नेताहरुले बधाई र शुभकामना दिईरहेका छन् । नेपालबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारण नागरिकसम्मले मोदीलाई शुभकामना दिईरहेका छन् । 

आफुलाई बधाई दिएका नेपाली नेपाली नेताहरुलाई मोदीले धन्यवाद दिएका छन् । नेपाल–भारतबीच घनिष्ठ सम्बन्ध रहेको र दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई थप मजबुत बनाएको मोदीले उल्लेख गरेका छन् ।

साथै, दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पु-याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप सहकार्य हुने मोदीको ट्वीटमा उल्लेख छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..