गुडिरहेको जीपबाट हाम फाल्दा कोलीको ज्यान गयो


नेपाल पाना प्रकाशित: २०७६-२-१० गते
गुडिरहेको जीपबाट हाम फाल्दा कोलीको ज्यान गयो

बैतडी । गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका-६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । बिहीबार बेलुका गिरेगडाबाट देहीमाण्डौतर्फ आइरहेको म१ ज११९ नम्बर जीपको पछाडी बसेका कोलीले पार्सा भन्ने ठाँउमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।

हाम फाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । कोलीको बाटोमै मृत्यु भएपछि चालक जनक जोशी जीप छोडेर भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..