त्रिशुलीमा खस्यो मिनी ट्रक, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-२-१० गते
त्रिशुलीमा खस्यो मिनी ट्रक, यस्तो छ अवस्था

चितवन । भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी३२एलएन ३८७० नम्बरको भारतीय मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले सडकबाट करिब २० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउ घर भएका ३५ वर्षीय महमद हसन र सहचालक सहीर अली घाइते भएको बताए ।

उनीहरुमध्ये चालक हसनको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको रग्मीले बताए । दुवै जना घाइतेको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटना भरतपुर महानगरपालिका– २९ मा पर्ने दासढुंगा नजिकैको भएको छ । आँप बोकेर काण्ठमाडौंका लागि हिँडेको मिनी ट्रक अनियन्त्रीत भइ शुक्रबार बिहान त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..