‘नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान चलाउनुस्, म साथमा छु’


नेपाल पाना प्रकाशित: २०७६-२-११ गते
‘नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान चलाउनुस्, म साथमा छु’

काठमाडौं । नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने बताएका हुन् । 

‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’ उनले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । 

‘काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उनले भने । आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताए ।  

महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आएका छन् । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पर्वतमा विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।







जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 
भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 

तनहुँ । भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथतर्फ जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्गमा पल्टिँदा २७ जना घाइते भएका छन् ।  युपिबीपी ४९९५ नं को सो भारतीय बस आज (सोमबा..

'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली
'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली

ललितपुर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मित्रराष्ट्रहरुबीच फाटो ल्याउने कुनै पनि सैन्य गतिविधी नेपालका लागि अस्वीकार्य रहेको बताएका छन् ।  ललितपुरमा आइतबार आयोजित..

खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 
खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 

सल्लेरी । उडान प्रतिकुल मौसम हुँदा सोलुखुम्बुमा तीन सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।  बिहिबार बेलुकीदेखि नै खुम्बु क्षेत्रको मौसममा बदली भईरहेको छ । बाक्लो कुहिर..