प्रस्तावित १५ विश्वसम्पदा अन्योलमा


नेपालपाना प्रकाशित: २०७६-२-१२ गते
प्रस्तावित १५ विश्वसम्पदा अन्योलमा

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । 

१० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ । 

नेपालले प्रत्येक १०/१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ ।  त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचिकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन । 

नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुक्तिनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो ।

लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ । यससम्बन्धि विस्तृत खबर गोरखापत्र दैनिकमा छापिएको छ ।







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !
जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !

जनकपुरधाम । मधेश आन्दोलनका नाममा हुलदंगा गरी जानकी मन्दिरको गर्भगृह तोडफोड गरेको आरोप खेपेकाहरु धनुषा जिल्ला अदालतबाट 'चोख्खिएका' छन् । धनुषा अदालतको इजलास नम्बर ७..

आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै

काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो..

वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै
वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठ..