सगरमाथाको ढुंगा ल्याउने आरोही प्रहरीको फन्दामा  !


रासस प्रकाशित: २०७६-२-१२ गते
सगरमाथाको ढुंगा ल्याउने आरोही प्रहरीको फन्दामा  !

काठमाडौं । राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानुनी झमेलामा परेका छन् ।

हिमाल आरोहण गरेर काठमाण्डौ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ । 

हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानुनको सिद्धान्त हो । कानुन जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानुनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।  

आइतबार पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय फुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्को ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरिएको हो । 

वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाण्डौलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । 

कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताए। उनीहरुको विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए ।


अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने
बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने

काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने भएको छ । सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार भिसा श..

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गर्ने भएको छ । बर्खा सुरु भएपछि निकुञ्ज कार्यालयले शनिबारदेखि जीप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृ..

आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 
आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 

काठमाडौं । धावनमार्ग मर्मतको काम सम्पन्न भएसँगै सञ्चालनमा रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।  गत तीन महिनाद..