व्यवसाय सञ्चालन गर्दा अस्वस्थ होईन, स्वस्थ प्रतिस्पर्धा गरौ: आचार्य


आर.एन. राउत प्रकाशित: २०७६-२-१५ गते
व्यवसाय सञ्चालन गर्दा अस्वस्थ होईन, स्वस्थ प्रतिस्पर्धा गरौ: आचार्य

काठमाडौं । दाङ जिल्ला तुलसिपुर राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष मदन आचार्यसँग नेपालपानाले यातायात सम्बन्धी विषयमा लिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

१. सर्वप्रथम तपाइलाई स्वागत छ 
 -धन्यबाद 

२. तपाईले  यातायत ब्यबसाय किन रोज्नु भयो ?
-ब्यबसाय धेरै किसिमका र धेरै प्रकृतीका हुन्छन् । ब्यबसाय गर्ने क्रममा नाफा मुलुक र सेवा मुलुक दुवै भएको यातायत क्षेत्र भएको र बिकासको मेरुदण्ड यतयात नै भएकोले यातायत ब्यबसाय रोजेको हु । 

३. यातायत ब्यबासायमा लाग्ने ब्यबसायीलाई समाजले हेर्न दृटिकोण त्यति राम्रो देखिदैन नी ?
-ब्यबसाय राम्रा नराम्रा कुनै हुदैनन् । अझै पनि आम जनमानसमा गलत सोच रहिरहेको छ । यातायत बिणा बिकासको कल्पना समेत गर्न सकिदैन भन्ने कुरा बुझन जरुरि छ । हो तपाईले भने जस्तै यातायत क्षेत्रमा काम गर्ने कर्मचारिहरुको ब्यबहार राम्रो भएन भन्ने गुनासो चाहि आईरहन्छ । त्यस क्षेत्रमा लाग्ने सवै पढलेखेका नहुन सक्छ । सधै प्रत्यक्ष जनसम्पर्क भएर गर्ने ब्यबसाय भएकोले कहिले काही त्यस्तो परेको हुन सक्छ । यस ब्यबसायमा भएका कमि कमजोरि हटाउनु पर्दछ ।

४. आज भोली केमा ब्यस्त हुनुहुन्छ ?
-विशेष त व्यवसायको काममा व्यस्त छु । यातायत व्यवसाय जोखिमपूर्ण व्यवसाय भएकोले, यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि प्रयाशरत छु ।

५. सरकारले सिण्डिेकट अन्त्यकोलागि समिति खारेज गरेको हो ?
-सरकारको यो निर्णय स्वागत योग्य छ । यउटै प्रकृतिका ब्यबसायलाई एउटै प्रकृतिबाट सञ्चालन हुनु पर्दछ ।

६. समिति र प्रा.ली.मा के फरक छ ?
-समिति सामाजिक संस्था ऐन अनुसार दर्ता भएकालाई बुझिन्छ भने कम्पनि रजिस्टार कार्यलयमा दर्ता भएकालाई प्राइभेट लिमिटेड भनिन्छ। यातायत सेवामुलुक मात्र नभएर नाफा मुलुक भएकोले प्रा.लीमा. जानु स्वभाबिकै हो । 

७. यातायत व्यवसायी प्रा.लि.का काम कर्तव्य के(के हुन् ?
-यातायत क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुका सुख दुखमा साथ दिने र दुर्घटना, औषधी उपचार, मृत्यु जस्ता कुरा आवस्यक परेमा सहयोग गर्ने प्रा.लि.को काम कर्तव्यभित्र पर्दछ ।

८. तपाई अध्यक्षको हैसियतले गरेको उदाहरणीय कार्य के हो ?
-म अध्यक्ष भए पछि । कामहरुलाई निरन्तरता दिईरहेको छु । यातायत व्यवसायलाई पर्ने हरेक समस्याको समाधानका बाटाहरुलाई अबलम्बन गर्ने गरेको छु र सम्पूर्ण यातायत ब्यबसायीको हकहितको लागि म दृढ रुपले अघि बढेको छु ।

९. यातायत व्यवसायहरुको मुख्य चुनौतीहरु के(के रहेका छन्  ?
-यातायत व्यवसाय सञ्चालन गर्ने मनसायले गाडी किनेर त्यो गाडीलाई कसरी चलाउने भन्ने कुराको द्विविधामा व्यवसायीहरु रहेका छन् । ढुक्क भई सवारी चलाउने अवस्था छैन । यातायात व्यवसायीहरुको पीडा सुल्झाउने निकाय छैन । राज्यले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा फरक छ । 

१०. व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला कत्तिको आइपर्छन् ?
-प्रशासनिक झमेला अनगिन्ति आइलाग्छन् । स्थानीय प्रशासनले हामी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नै गलत छ । यसमा सरकारको ध्यान जान जरुरी छ । राज्यको ढुकुटीमा धेरै राजश्व बुझाउने यातायात व्यवसायीलाई अबका दिनमा स्थानीय प्रशासन तथा सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक सोंच आउन जरुरी छ ।

११. नेपाल बन्द तथा आम हड्तालले तपाईहरुको व्यवसायलाई कस्तो असर पारको छ ?
-हामी व्यवसायहरुको, विशेषगरी मुख्य समस्या र अप्ठयारो नै नेपाल बन्द र आम हड्ताल हो । ऋण खोजी किस्तामा गाडी किन्यो कहिले बन्द भईदिन्छ, कहिले आम हड्ताल भईदिन्छ, व्यवसाय गरी राम्रोसँग बैंकको किस्ता एवं व्याज बुझाउन कठिन हुन्छ । त्यस्तो अवस्थामा हामी व्यवसायीहरु ठूलो मर्कामा पर्ने गर्दछौं । सम्पूर्ण राजनीतिक दलहरुलाई व्यवसायीहरुलाई सहज एवं सरल तरिकाले गरिखाने वातावरण बनाई दिनुहोस्, हामी तपाईहरुको साथ र समर्थनमा निरन्तर लागि रहने छौं भन्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

१२. व्यवसायीहरुलाई केही भन्नु छ ?
-सम्पूर्ण व्यवसायी साथीहरुलाई व्यवसाय सञ्चालन गर्दा अस्वस्थ होईन , स्वस्थ प्रतिस्पर्धा गरौ । ब्यबसायीका हक हितकालागि एक जुट भएर अघाडि बढन आग्रह गर्दछु ।

१३. यातायात व्यवसायीलाई मर्यादित पेशा होइन भन्छन् किन होला ?
-यातायात व्यवसाय सञ्चालन गर्दा धेरैसँग सहकार्य गर्नु पर्ने भएकोले सबै शिक्षित नहुन सक्छन् त्यसैकारण मर्यादित होइन भन्ने आरोप लाग्ने गर्दछ तर यातायात व्यवसाय विकासको मेरुदण्ड हो । यातायात नभै हुँदैन । त्यसैले यो व्यवसायलाई मर्यादित बनाउनु पर्दछ । यो क्षेत्रमा एउटा मजदुर, कर्मचारी र लगानी कर्ताहरु छन् ती सबै लेखपढ गरेका व्यक्तिहरु नहुन सक्छन् । कोही सामान्य लेखपढ गरेका व्यक्तिहरुसँग हामीले अपेक्षा गरेअनुसार काम नहुन सक्छ तर पहिलाको भन्दा आज धेरै सुधार भएको छ । त्यसको लागि हामीहरुले विभिन्न किसिमका तालिम, जानकारी दिने गरेका छौं । हामीले परिवर्तन ल्याउने कोशिस गरिरहेका छौँ र हिजो भन्दा आज यस व्यवसायमा पढेलेखेका दिग्गज व्यक्तिहरुको पनि आकर्षण बढेको छ । पक्कै पनि केहि हद सम्म यस व्यवसायमा सुधार आएको छ र आउनेमा म ढुक्क छु । केहि उपलब्धी भएको छ ।

१४. यातायात व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?
-यातायत बिना विकास संभव छैन् । त्यसैले भनिन्छ विकासको मरुदेण्ड यातायत हो । यसतर्फ राज्य गम्भीर हुनुपर्दछ । राज्यले आफुले पनि सञ्जालन गर्न नसक्ने र नीजि क्षेत्रबाट सञ्चालन भएका यातायतलाई त्यति महत्व दिएको देखिदैन । यदि निजि क्षेत्रले यातयात सञ्चालन नगरिदिने हो भने मुलुक अस्त(व्यस्त हुन्छ । तसर्थ राज्यले यातयतलाई पहिलो प्राथामिकतामा राख्न जरुरी छ । जबकि देशलाई अग्रीम कर तिर्ने व्यवसायी मध्य यातायात व्यवसाय पर्छ । अरु व्यवसायले व्यवसाय गरि सकेपछि आएको आम्दानीबाट कर तिर्छन् भने यातायात व्यवसायीले राज्यलाई अग्रीम कर तिर्ने गर्दछ ।

१५. अन्त्यमा केही भन्नु छ ? 
-मलाई मेरा आफ्ना विचारहरु राख्ने अवसर दिनु भएकोमा तपाई लगायत तपाईको यस नेपालपानालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । विकासको मेरुदण्ड मानिने यातायात क्षेत्र व्यवस्थित र सर्वसुलभ हुनु पर्दछ । यातायात सर्वसाधारणको पहुँचमा हुनुपर्दछ । यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुलाई आफ्नो लगानी सुरक्षित भएको महसुस हुनु पर्दछ । देशको समग्र विकासमा प्रभाव पार्ने यातायात भएकोले यसलाई विकासको मेरुदण्ड मानिन्छ । सरकारले यातायतब्यबसायीलाइ सहुलीयत दरमा ऋण, सजिलो कर प्रणाली, यात्रुबिमा, यातायात बिमा, सडक दुर्घटना न्युनीकरणको लागि गुणस्तरीय सडक, सडकमा हुने बन्द हड्तालको अन्त्य यातायत ब्यबसायी टाट पल्टिने परिस्थिति आएमा राज्यले उचित ऋण मिनाह गर्ने, जस्ता कुरामा समेत सरकारले ठोस नीति बनाएर सार्वजनिक यातायातको राम्रो व्यवस्था गरोस हाम्रो माग हो।


‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्..

संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव
संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव

काठमाडाैं । युवा नेता तथा पर्सा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव नेपाली राजनीतिमा एक चम्किला तारा जस्तै उदयीमान नेताका रुपमा चिनिन्छन् । ..

हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 
हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलि..

आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल
आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल

सरकारको गति शून्य भइरहेको भन्ने टिप्पणी सार्वजनिक रुपमै उठ्न थालेको बेला नेकपा भित्रै आन्तरिक विवादले चरम रुप लिएको छ । पार्टीमा प्रधानमन्त्री केपी शर्मा आेलीको प्रवृति हावी भ..