नेपाली फिल्म ‘पासवर्ड’मा सन्नी लियोनको ठुम्का


नेपाल पाना प्रकाशित: २०७६-२-१६ गते
नेपाली फिल्म ‘पासवर्ड’मा सन्नी लियोनको ठुम्का

काठमाडौं । नेपाली फिल्म ‘पासवर्ड’ भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सन्नी लियोनको नृत्य रहेको एक गीतसहितको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आउने भएको हो ।

त्यस्तै बलिउडकी हट अभिनेत्रीको रुपमा चर्चीत सन्नीको डान्स रहेको फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ गीत जेठ २० गते युट्युबमा रिलिज हुने भएको छ ।

पहिलो पटक नेपाली फिल्मको गीतमा नृत्य गरेकी सन्नीले यो एक गीतमा ठुम्का लगाउन मात्रै २ करोड भारु बुझेको निर्देशक सम्राट बस्नेतले जानकारी दिए । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् ।

सौरभ लामाको छायांकन रहेको फिल्मममा बिक्रम जोशी ९विक्की०, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको अभिनय रहेको छ ।

चर्चीत कोरियोग्राफर विष्णु देभाको कोरियोग्राफी गरेका छन् । उनले गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।

‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप उनलाई गीतमा नृत्य गराइएको निर्देशक बस्नेत ले बताए । यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । अजित कुमार थापा सह९निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्मातामा छन् ।


भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..

नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 
नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 

काठमाडौं । भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आ..

‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..