शिक्षिकाको क्रुरता - जसले कुटेरै पाँच विद्यार्थीको हात भाँचिदिईन्, १४ जनालाई घाईते बनाईन्


नेपालपाना प्रकाशित: २०७६-२-२० गते
शिक्षिकाको क्रुरता - जसले कुटेरै पाँच विद्यार्थीको हात भाँचिदिईन्, १४ जनालाई घाईते बनाईन्

दाङ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ।

सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्। घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन्।

घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको  छ। उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ।

जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्।

यो खबर राजधानी दैनिकमा छापिएको छ ।







रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..

एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परी..