आरोहीको मृत्यु भएपछि सर्वोच्च शिखरको साखमाथि विश्वभर गम्भीर बहस  


नेपालपाना प्रकाशित: २०७६-२-२० गते
आरोहीको मृत्यु भएपछि सर्वोच्च शिखरको साखमाथि विश्वभर गम्भीर बहस  

काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ ।

सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ ।  यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । 

सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् । 

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । 

उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए
अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।   अत्याधिक चिसो बढे..

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै
आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिन..

आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिए..

नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 
नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ न..