चिनियाँ सीमानजिकै भारतीय वायुसेनाको विमान बेपत्ता, के होला रहस्य ?


नेपाल पाना प्रकाशित: २०७६-२-२० गते
चिनियाँ सीमानजिकै भारतीय वायुसेनाको विमान बेपत्ता, के होला रहस्य ?

काठमाडौं । भारतमा क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो ।  दिउँसोको १२:२५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनको सीमानामा हराएको आश‌ंका गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नको लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानको बारेमा केही पनि जानकारी आउन सकेको छैन ।

एएन ३२ विमान तीन वर्ष पहिले पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए । 

त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन ।  त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..