भारतीय सैनिक विमान चीनियाँ सिमामा बेपत्ता !


नेपालपाना प्रकाशित: २०७६-२-२१ गते
भारतीय सैनिक विमान चीनियाँ सिमामा बेपत्ता !

काठमाडौं । भारतीय वायुसेनाको एएन–३२ कलसाईन विमान चीनियाँ सिमानजिकबाट बेपत्ता भएको छ । सोमबार दिउँसो १ बजेदेखि सो विमान हराएको र अहिले सेनाले खोजिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सेनाले रातभर विमानको खोजी गरेपनि भेट्न सकेको छैन । विमानको खोजी गर्न सेनाले विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिरहेको छ ।

सोमबार दिउँसोदेखि हराईरहेको सो विमानमा चालकदलका आठ सदस्यसहित १३ जना यात्रु सवार थिए । आसामको झोराहाटस्थित सैन्य बेसबाट उठेको सो विमान अरुणाञ्चलमा रहेको मेचुकातर्फ उडेको थियो । सोमबार दिउँसो सबा १२ बजे उडेको सो विमान १ बजेपछि सम्पर्कमा आउन सकेको छैन ।


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..