भिक्षुले आमरण अनसन सुरु गरेपछि मुस्लिम मन्त्रीहरुले दिए राजिनामा


नेपाल पाना प्रकाशित: २०७६-२-२१ गते
भिक्षुले आमरण अनसन सुरु गरेपछि मुस्लिम मन्त्रीहरुले दिए राजिनामा

श्रीलंका । बौद्ध भिक्षुले आमरण अनसन सुरु गरेपछि केन्द्रीय मन्त्रिमण्डलमा रहेका सबै मुस्लिम मन्त्री, उपमन्त्री तथा राज्य मन्त्रीहरुले पनि राजीनामा दिएका छन् । दुई मुस्लिम गभर्नरले राजिनामा दिएपछि मन्त्री तथा मन्त्रीमण्डलका सबै सदस्यले राजिनामा दिएका हुन् ।

बौद्ध भिक्षु अतरालिए रतना थिरोले एक मुस्लिम मन्त्री र एक गभर्नरको राजीनामा माग गर्दै आमरण अनसन बसेको केही दिनपछि सोमबार दुई मुस्लिम गभर्नरले राजीनामा दिएका हुन् ।

गएको अप्रिलमा इस्टर सन्डेको दिनमा चर्च तथा होटलमा आतंककारी आक्रमण भएपछि श्रीलंकाका मुस्लिम संगठनमाथि प्रश्न उठाउन थालिएको छ। शुक्रबारदेखि एक बौद्ध भिक्षु अतरालिए रतना थिरोले मन्त्री रिशाद बाथिउद्दीन र गभर्नर एएलएएम हिज्बुल्दाह तथा अजत शैलीको राजीनामा माग गर्दै भोक हडताल सुरु गरेका हुन्।

बौद्ध भिक्षु रतना थिरो सांसद पनि हुन् । उनी प्रधानमन्त्री रानिल विक्रमासिंघेको पार्टी यूएनपीबाट संसदमा प्रतिनिधित्व गर्छन् । रतना थिरो र अरु केही कट्टर बौद्ध संगठनले मुस्लिम नेताहरुलाई इस्टर सन्डेका दिन गराइएको आक्रमणमा संलग्न भएको आरोप लगाएका छन्। 

तर मुस्लिम मन्त्री तथा संगठनले यो आरोपको खण्डन गर्दै आएका छन् । रतना थिरो र केही बौद्ध संगठनले मुस्लिम नेताहरुमाथि जाँच हुनुपर्ने माग राख्दै आएका छन् । बौद्ध भिक्षु आमरण अनसन बसेपछि श्रीलंकाका विभिन्न क्षेत्रमा प्रदर्शनसमेत भएको थियो ।

त्यसैलाई मध्यनजर गर्दै सोमबार दिउँसो मुस्लिम समुदायका दुई गभर्नर अजत सैली र हिज्बुल्लाहले राजीनामा दिएका छन् । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले दुवै जनाको राजीनामा स्वीकार गरेका छन् ।


ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..

अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..