अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, कराउन थालेपछि...


नेपाल पाना प्रकाशित: २०७६-२-२१ गते
अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, कराउन थालेपछि...

उदयपुर । अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, कराउने गर्न थालेपछि एक हप्ताको लागि विद्यालय बन्द भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ घनचक्रेमा रहेको इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीमा अनौठो प्रकारको समस्या देखिएपछि विद्यालय बन्द भएको हो ।

विद्यालयका प्रधानध्यापक नेत्र काफ्लेले नौ विद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, मुठ्ठी बाँधेर बस्ने, बेहोस हुने गर्न थालेपछि मंगलबारदेखि विद्यालय बन्द गरेको बताए । ‘बिद्यार्थी मुर्छा पर्ने, रुने कराउने, दारा किच्ने, चिच्याउने, थरथर काम्न थालेपछि विद्यालय बन्द गरिएको छ,’ उनले भने, ‘बिरामीका अभिभावक तथा नगर स्वास्थ्यकर्मीको टोलीले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ ।’

काफलेका अनुसार गत जेष्ठ २ गते कक्षा २ मा पढ्ने एक बालिकालाई सो समस्या देखा परेको थियो । पछि क्रमिक रूपमा अन्य विद्यार्थीमा पनि एकै प्रकारको समस्या देखिएको उनले बताए ।







रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..

एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परी..