टम्पले बेलायतबासीलाई भने- 'ईयुबाट बाहिरिए अर्थपूर्ण व्यापार सम्झौता हुन्छ'


नेपालपाना प्रकाशित: २०७६-२-२२ गते
टम्पले बेलायतबासीलाई भने- 'ईयुबाट बाहिरिए अर्थपूर्ण व्यापार सम्झौता हुन्छ'

एजेन्सी । बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ व्यापार सम्झौता गर्ने बताएका छन्। उनले बेलायती प्रधानमन्त्री टरिजा मेसँग मंगलबार भएको भेटमा उक्त कुरा बताएका हुन्।

अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै राजीनामाको घोषणा गरेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने,  ‘मलाई लाग्छ अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरूरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ।‘

ट्रम्पले थपे, ‘हामीले सम्झौता गरेर नै छाड्नेछौँ।‘ बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसदले पटक पटक अस्वीकार गरेपछि मेले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेकी थिइन। यसबारे अमेरिकी राष्ट्रपतिले भने प्रधानमन्त्री मेले ‘असाधारण कार्य’ गरिरहेको प्रतिक्रिया दिएका थिए।

अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणको त्यहाँका विभिन्न सहरहरूमा विरोध भइरहेको छ। यसैबीच, मध्यपूर्वको शान्तिका लागि ट्रम्पका सल्लाहाकार जरेद कुस्नरले मंगलबार ब्रसेल्समा यूरोपेली नेता जाँ क्लाउड यङ्करलगायतका नेताहरूसँग भेट गर्ने बताइएको छ।

लण्डनमा रहेका कुस्नर अमेरिकी शान्ति योजनासहित यूरोप जाने र यस विषयमा त्यहाँका नेताहरूसँग भेट्ने र मध्यपूर्वको शान्ति तथा भूराजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।


ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..

अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..